काठमाडौं । सरकारले कृषि मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सं
सदमा आईतबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई विशेष केन्द्रमा राखेर सो बराबरको बजेट विनियोजन गरिएको बताए ।
जसअन्तर्गत कृषि क्षेत्रको आधुनिकीकरण, कृषि उपजको निर्यातमा प्रोत्साहन, आयातमा कडाई, मल खरिदमा सहजीकरणलगायतका बिषयहरु समेटिएका छन् ।
त्यसैगरी सरकारले कृषि उत्पादनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । साथै आगामी आर्थिक बर्षलाई कृषि उत्पादन बर्षको रुपमा मनाउने घोषण गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।