काठमाडौं । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट पेस गरेका छन्।
यस वर्षको बजेट आयातबाट उत्पादन तर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीकरण तर्फको बजेटको रूपमा प्रस्तुत गरिएको अर्थमन्त्री शर्माले बताएका छन्।
चालू आर्थिक वर्षमा मूल्यवृद्धि ७.३९ प्रतिशत कायम हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।