काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले विमान दुर्घटना आशंका गरिएका ठाउँमा उद्दार टोलीसहित सेनाकाे हेलिकोप्टर पठाइएको जानकारी दिए । उनले भने,‘ विमान दुर्घटनाको आशंका गएका ठाउँमा नेपाली सेनाको हेलिकोप्टर र पैदालबाट पनि खोज्नको लागि पनि मानिसहरू पठाएका छौँ ।
मुस्ताङको लेते भन्ने ठाउँमा ठूलो आवाज आएको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेपछि उक्त स्थानतर्फ उद्दार टोली पठाइएको उनको भनाइ छ ।
उक्त विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको जनाइएको छ । पोखराबाट ९ः५५ बजे उडेको उक्त विमान १०ः१५ मा जोमसोम विमानस्थल अवतरण गर्नुपर्ने भएपनि अहिलेसम्म अवतरण गरेको छैन ।
उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापासहित १३ नेपाली, ४ भारतीय र २ अन्य देशका नागरिक सवार रहेको जनाएको छ ।
त्यस्तै यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।
यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।