काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी रानाले लेतेमा दुर्घटना भएको आशंका गरिएको बताए । उनकाअनुसार शंका गरिएको उक्त ठाउँमा उद्दार टोली पनि पठाइएको छ ।
आइतबारपोखराबाट जोमसोमका लागि उडेको उक्त विमान सम्पर्कविहीन भएको थियो । नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले विमान सम्पर्कमा नआएको जानकारी दिए ।
उक्त विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको जनाइएको छ । पोखराबाट ९ः५५ बजे उडेको उक्त विमान १०ः१५ मा जोमसोम विमानस्थल अवतरण गर्नुपर्ने भएपनि अहिलेसम्म अवतरण गरेको छैन ।
उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापासहित १३ नेपाली, ४ भारतीय र २ अन्य देशका नागरिक सवार रहेको जनाएको छ ।
गौतमकाअनुसार विमान १०ः१० बजेसम्म सम्पर्कमा रहेपनि त्यसपछि भने सम्पर्कविहीन भएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।