add

लाइसेन्स परीक्षामा ६८ प्रतिशत चिकित्सक फेल






ActPro Nepal

|

१५ जेठ, २०७९

|
916

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा झण्डै ६८ प्रतिशत अर्थात् १ हजार १७ जना अनुत्तीर्ण भएका छन् । काउन्सिलका रजिष्टार डा. कृष्ण अधिकारीका अनुसार, ३१.८४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

लाइसेन्स परीक्षामा एमबिबिएस र बिडिएसका गरी १ हजार ४ सय ९४ जना सहभागी थिए । जसमध्ये ४ सय ७५ जनामात्र उत्तीर्ण भएका छन् ।

काउन्सिलले कम्प्युटरमा आधारित दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्दै आएको छ । जेठ १२ गतेदेखि तीन दिनसम्म परीक्षा सञ्चालन भएको थियो ।

यसपटकको लाइसेन्स परीक्षामा ११ सय पुराना विद्यार्थी सहभागी भएको डा. अधिकारीले बताए । परीक्षामा कुल १ हजार ५१६ जनाले फाराम भरेका थिए । त्यसमध्ये २२ जना अनुपस्थित रहे भने २ जनाको नतिजा रोकिएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.