add

छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयमा पुर्‍याउन सरकारलाई शिक्षा समितिकाे निर्देशन






ActPro Nepal

|

११ जेठ, २०७९

|
777

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हालसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरुमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अहिलेसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरुमा पुर्‍याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो।

त्यस्तै बैठकले छाप्न बाँकी कामलाई तुरुन्त अघि बढाइ एक महिनाभित्र छापेर सवै बिद्यालयमा पुराउन पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिए। उनले पाठ्यपुस्तक नपाउने समस्याको दीर्घकालीन समाधान खोज्न सुझाव दिए  भने पाठ्यपुस्तक वितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने सुझाव दिए।

बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले कागज अभावका कारण समयमा नै पाठ्यपुस्तक छपाई कार्यमा समस्या भएको जानकारी दिए।

असारको पहिलो हप्तासम्म देशभरका विद्यालयमा पुराउने दाबी गरे। स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपर्ने भएकाले र रुस-युक्रेन युद्धका कारण किताब छाप्ने कागज आइनपुगेको उनको भनाइ छ।

बैठकमा समिति सदस्य योगेश भट्टराईले शैक्षिक सत्र सुरु हुने भन्दा निकै अगाडिदेखि नै पाठ्यपुस्तक छपाइको काम सुरु गर्नुपर्ने सुझाव दिनुभयो। हरेक वर्ष पाठ्यपुस्तक अभावको समस्या समाधानको दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ छ।

त्यस्तै समिति सदस्य चित्रलेखा यादवले पाठ्यपुस्तक अभावका कारण सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तरमा समेत असर पर्ने धारणा राखे।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमीला देवी बज्राचार्यले कागजको समस्या कारण नै समयमा पाठ्यपुस्तक छपाई गर्न नसकेका भन्दै यसको समाधानमा मन्त्रालय लागिरहेको  जानकारी दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.