दिपक घिमिरे - काठमाडौं । देवघाटधामस्थित सीताराम मन्दिर देवघाटधामको पीठाधीश पदमा रामशरण दासजी महाराज नियुक्त भएका छन् ।
मंगलवार भव्य कार्यक्रमबीच रामशरण दासजी महाराजको पदाभिषेक गरिएको हो ।
मणिराम दास छावनी अयोध्याका महन्त श्री कमलनयन दासजी महाराजको प्रमुख आतिथ्य परमानन्द संस्कृत गुरुकुल विद्यापीठका पूर्वछात्र रामशरण दासजी महाराज (विनायक रेग्मी)ले पदभार ग्रहण गरेका हुन् ।
श्रीराम जन्मभूमी तीर्थक्षेत्र न्यासका अध्यक्ष पुज्य महन्थ नृत्यगोपाल दास महाराज अस्वस्थाको कारण उहाँको असिम कृपाले महन्त श्री कमलनयन दासजी महाराजको उपस्थित रहेको थियो ।
नेपाल सन्त समाज देवघाट धाम,राष्ट्रिय स्तरका विभिन्न संचार मध्यम,नेपाल पत्रकार महासंघ लगायत १०० औ को संख्यामा भगवान भक्तको उपस्थितिमा वैदिक सनातन गुरुपरम्परा अनुसार पदभार ग्रहण गरेका हुन् ।
उनले संस्कृत शिक्षाको अध्ययनको आरम्भ सोही आश्रमबाटै सुरु गरेका थिए । त्यही आचार्य तहको अध्ययन सिद्ध्याएका रामशरण दासजी भारतका विभिन्न विश्वविद्यालयमा उच्च तहको अध्ययन गरेका छन् । उनि अहिले पिएचडीको तयारीमा रहेका छन् ।
पढाइको सिलसिलामै रहेका कारण पीठाधीश सम्हालेको रामशरण दासजी महाराज भगवान श्रीरामको जन्मभूमि अयोध्या नै फर्किएका छन् ।
देवघाटधामस्थित देवघाटधामहरुमा रेखदेख मणिराम दास छावनी अयोध्याको जिम्मामा हुँदै आएको छ । अहिलेको पीठाधीशको वृद्धा अवस्थाको कारण मणिराम दास छावनीले पीठाधीशको जिम्मा रामशरण दासजी महाराजलाई दिएको हो ।
पढाइ र योगविद्या समापनसँगै केही वर्षपछि नेपाल फर्किएर लोकमा सुख, शान्ति र मानव कल्याणको लागि अहोरात्र खटिने बताइएको छ ।
नेपालको लागि उनी नौलो होइनन्, केही वर्ष जगद्गुरु रामानन्दाचार्य सेवापीठमा बिताएका थिए ।
देवघाट धाम नेपालको एक पवित्र धार्मिक स्थल हो । गण्डकी प्रदेशको तनहुँ, चितवन, नवलपरासी तीनै जिल्लाको संगमस्थल देवघाट धामको आफ्नै विशेषता छ । देभघाटधाम नारायणगढदेखि करिव ४ कि.मि उत्तर तर्फ रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।