काठमाडौं । वायु सेवा सञ्चालक समितिले हवाई भाडा बढाउने निर्णय गरेका छन्।
वायु सेवा सञ्चालक समितिले आइतबारदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको जनाइएको छ ।
नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएकोले निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेको जनाइएको छ ।
सबैभन्दा धेरै काठमाडौं–धनगढीको भाडा रु ४४५ बढेको छ । यस्तै वृद्धि भएको भाडादर अनुसार काठमाडौंं–सिमराको भाडा रु तीन हजार ७२५ कायम भएको छ भने काठमाडौं–धनगढी रु १५ हजार ६६५ कायम भएको छ । काठमाडौं–भद्रपुर ११ हजार ९३५, काठमाडौं–विराटनगर नौ हजार ३२५, काठमाडौं–जनकपुर पाँच हजार २५०, काठमाडौं–भरतपुर चार हजार ४३५ र काठमाडौं–पोखरा छ हजार ३०५ कायम भएको छ । काठमाडौं–भैरहवा सात हजार ८८०, काठमाडौं–नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौं–तुम्लिङटार सात हजार ४६० कायम भएको छ ।
माउन्टेन फ्लाइटको भाडादर रु १३ हजार ७६५ कायम भएको सङ्घले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु १६६ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।