add

काठमाडौंमा बालेनको अग्रता झन् बढ्यो, १७ हजारभन्दा बढीको लिड






ActPro Nepal

|

८ जेठ, २०७९

|
673

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले मतान्तर फराकिलो पार्दै लगेका छन्। आइतबार मध्याह्नको मतपरिणाम अनुसार बालेन १७ हजार भन्दा बढी मतान्तर सहित अगाडि देखिएका छन् । 

ताजा मतपरिणाम अनुसार बालेनले ३९ हजार ५१५ मत पाएका छन् । एमाले उम्मेदवार केशव स्थापितलाई पछि पार्दै गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले दोस्रो ठूला मत पाएकी छन् । उनले हालसम्म २२ हजार २७० मत पाउँदा स्थापित २१ हजार ७७५ मत प्राप्त गर्दै तेस्रो स्थानमा देखिएका छन्। 

त्यस्तै राप्रपाका मदनदास श्रैष्ठले १ हजार ७९६ मत पाउँदा स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ हजार २९३ मत ल्याएका छन् । त्यस्तै विवेकशील साझाकी समीक्षा बास्कोटाले २१४ मत ल्याएकी छन्। 

उपमेयरतर्फ एमालेकी सुनिता डंगोल तेब्बर मतान्तरले अग्रस्थानमा छिन्  । उनले २६ हजार ५७५ मत पाउँदा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका छन् । त्यस्तै राप्रपाकी बिनिता मगैयाले ३ हजार ६२३ मत प्राप्त गरेकी छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.