काठमाडौ । भरतपुर महानगरपालिकाको प्रमुखका लागि गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।
पछिल्लो मत परिणाम अनुसार रेणुले एमालेका उम्मेदवार विजय सुवेदीलाई १७ सय मतान्तरले अग्रता लिएकी छन्।
दाहालले ९ हजार ९७० मत ल्याउँदा सुवेदीले ८ हजार २५८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४ हजार ५०४ मतसहित तेस्रो स्थानमा छन् भने विवेकशील साझाका प्रविन काफ्लेले ७० मत पाएका छन्।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ७४० मतसहित अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ६ हजार ६६८ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार पवित्रा जोशीले ६५ मत पाएकी छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।