काठमाडौं । नेकपा एमालेका नेता देवी ज्ञवालीको वडामा एमाले पराजित भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ मा एमाले नेतालाई पराजित गर्दै नेपाली कांग्रेसका नेता अर्पण पोखरेल विजयी भएका हुन्।
निकट्तम प्रतिस्पर्धी एमालेका भानुभक्त सापकोटालाई ८ सय ६८ मतले पराजित गर्दै पोखरेल वडाध्यक्षमा विजयी भएका हुन् ।
पोखरेलले २ हजार ५ सय १ मत पाए भने सापकोटाले १ हजार ६ सय ३३ मत मात्र पाए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।