add

बालेन शाहले लिए ५ हजार मतको अग्रता,कसले कति मत पाए ?






ActPro Nepal

|

३ जेठ, २०७९

|
1367

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ।

सार्वजनिक प्रारम्भिक मत परिणाममा मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेन ११ हजार मतनजिक पुगेका छन्।

सुरुदेखि निरन्तर अग्रता बनाइरहेका बालेनले  १० हजार ७९७  मत प्राप्त गरेका छन् । उनीभन्दा निक्कै पछाडि परेका एमालेका केशव स्थापितले ५ हजार ७८७ मत ल्याएका छन् ।

कांग्रेसकी सिर्जना सिंहले ५ हजार ७४ मत ल्याएकी छन्। कांग्रेस र एमालेका उम्मेदवारभन्दा धेरै मत ल्याइरहेका शाहले पछिल्लो अपडेट अनुसार निकटमत प्रतिस्पर्धी एमालेका केशव स्थापितको भन्दा ५ हजार मतले अघि रहेका छन्। 

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १० हजार ४७७ मतसहित अग्रस्थान कायम राखेकी छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.