add

बालेनले लिए ४५ सय बढीको अग्रता,कसले कति मत पाए ?






ActPro Nepal

|

३ जेठ, २०७९

|
1057

काठमाडौं । सार्वजनिक प्रारम्भिक मत परिणाममा मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेन १० हजार मतनजिक पुगेका छन्।

सुरुदेखि निरन्तर अग्रता बनाइरहेका बालेनले ९६०५ मत प्राप्त गरेका छन् । उनीभन्दा निक्कै पछाडि परेका एमालेका केशव स्थापितले ५११५ मत ल्याएका छन् ।

कांग्रेसकी सिर्जना सिंहले ४५ सय मत कटाएकी छिन् ।

काठमाडौंमा ३, ४, ५, ६, ३१ र ३२ वडाको मतगणना जारी छ । यस्तो गणनामा मेयरमा स्वतन्त्रका बालेनले निरन्तर अग्रता बढाउँदै आएका छन् ।

बलियो प्रभाव रहेको भनिए पनि एमाले र कांग्रेस उम्मेदवारहरू पछाडि परेका हुन् ।

तर अझै पनि काठमाडौंका भित्री बस्तीबाट आफूहरूले कमब्याक गर्ने दाबी एमाले र कांग्रेसको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.