काठमाडौं । काभ्रेको पनौती नगरपालिका ४ को वडा अध्यक्षमा एमालेका दीपक दाहाल विजयी भएका छन् । कांग्रेसका प्रतिस्पर्धीलाई पछि पार्दै दाहाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
वडा नम्बर ५ मा भने कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा विनोद खत्री विजयी भएका छन् ।
अहिलेसम्म नतिजा आएका वडा मध्ये २, ३ र ४ मा एमाले विजयी भएको छ । १ र ५ कांग्रेसले जितेको छ ।
यस क्रममा मेयर र उपमेयर दुवैमा एमालेले अग्रता बनाएको छ । अब ६ देखि ११ सम्मका वडा कांग्रेसको पकड मानिएका वडा मानिन्छन् । यी वडाबाट अग्रता बढाउँदै लगे मेयरमा कांग्रेसले बाजी मार्न सक्ने बताइन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।