add

यी हुन् हालसम्म राप्रपाले जितेका देशभरका ११ वडा






ActPro Nepal

|

१ जेठ, २०७९

|
458

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म देशभरका ११ वडाको वडाध्यक्ष जितेको छ । १३ स्थानीय तहमा राप्रपाले लिड गरिरहेको छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले देशभरका विभिन्न तहका ११ वडामा राप्रपाको तर्फबाट वडाध्यक्ष उम्मेदवार रहेकाले जित निकालेको नेपालवाचलाई बताए ।

शाहीका अनुसार, कपिलवस्तुको कृष्णनगरमा–१ मा टुकनाथ चौधरी, रूपन्देहीको रोहिणी गाउँपालिका–१ मा अली पठान (मुक्त्तर अहमद पठान),

चितवनको माडी नगरपालिका–१ मा अमित लामा, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मा छेदीलाल श्रीवास्तव, रामग्राम– १ मा रुद्रप्रसाद सिंह र डोटीको के.आई. सिंह गाउँपालिका–७ को वडाध्यक्षमा राप्रपातर्फबाट वडाध्यक्ष उम्मेदवार रहेका दिल बहादुर बलायर निर्वाचित भएका छन् । यीमध्ये केही वडामा राप्रपाको प्यानल नै विजयी भएको छ ।

त्यसैगरी, बैतडीको सुर्नया गाउँपालिका– २ को वडाध्यक्षमा गणेशबहादुर विष्ट, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा उमेश कार्की, धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा सोनाम तामाङ, कञ्चनपुरको दोधारा चाँदनी–१ को वडाध्यक्षमा राप्रपाका विक्रम चन्द विजयी भएका छन् ।

राप्रपाले अहिलेसम्म १३ गाउँपालिका र नगरपालिकामा लिड गरिरहेको छ । कतिपय स्थानीय तहको मुख्य पदमा राप्रपाले दोस्रो र तेस्रो स्थानमा देखिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.