add

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादी उम्मेदवार विजयी






ActPro Nepal

|

१ जेठ, २०७९

|
844

काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको छ । कांग्रेसका भले बुढामगरलाई परास्त गर्दै माओवादीका छवि सुवेदी त्यहाँ विजयी भएका हुन् ।

माओवादीका सुवेदीले कांग्रेसका बुढामगरलाई ६५६ मतले पछि पार्दै जित निकालेका हुन् ।

सुवेदीले ३२०० मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी बुढामगर २५४४ मतमा रोकिए । तेस्रो स्थानमा सीमित एमालेका शशिराम विश्वकर्माले १९२० मत हासिल गरेका छन् ।

उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । कांग्रेसकी अमृता सिंहलाई पराजित गर्दै शाही विजयी भएकी हुन् । शाहीले २८४३ मतका साथ जित दर्ता गराउँदा सिंह २४०४ मतमा रोकिइन् । एमालेकी उपाध्यक्ष उम्मेदवारले तेस्रो स्थानमा रहिन् । उनले हासिल गरेको मत १९१८ छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा शून्य माओवादीले एकीकृत समाजवादीसँगको गठबन्धनमा त्यहाँ जित निकालेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.