काठमाडौं । विदुर नगरपालिका गेर्खुमा नेपाली कांग्रेसबाट वडा अध्यक्षका चन्द्र बहादुर प्याकुरेल लगायत उम्मेदवारहरुले नियमित रुपमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।
प्याकुरेलले वडा अध्यक्ष उम्मेदवारी दर्ता गरेदेखि नै नियमित रुपमा वडा नं ११ का नगरबासीको घरघरमा गएर आफूलाई मतदान गर्न आग्रह गरिरहेको बताएका छन् ।
आइतबार संयुक्त गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारका राजन श्रेष्ठ,उप मेयरका उम्मेदवार प्रभा बोगटी, कांग्रेस वडा अध्यक्षका उम्मेदवार र वडा सदस्यहरुका उम्मेदवारहरुले पनि घरदैलो कार्यक्रम गरेको नेपाली कांग्रेस विदुर नगरपालिका वडा नं ११ का उप सभापति ज्ञान प्रसाद प्याकुरेलले जानकारी दिए ।
घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार राजन श्रेष्ठले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा संयुक्त गठबन्धनका सम्पुर्ण उम्मेदवारहरुलाइ मतदान गरी सिंगो टिमलाई विजयी गराउन अनुरोध गरेको प्याकुरेलले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।