add

केन्द्रबाट उम्मेदवारी फिर्ताकाे पत्रले लालबन्दीमा तरंग, उम्मेदवारी कायम रहेकाे कांग्रेसकाे भनाइ






ActPro Nepal

|

१६ वैशाख, २०७९

|
874

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा कांग्रेसका उम्मेदवारले मेयरमा दर्ता गराएको मनोनयन फिर्ता लिने पत्र पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन अधिकृतलाई पठाएपछि लालबन्दीमा तनाव सृजना भएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि पार्टी सभापतिको पत्र आएकाले उम्मेदवारी फिर्ता नहुने भन्दै कांग्रेस कार्यकर्ताले लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालय अघिल्तीर नाराबाजी गरेका छन् । 

देउवाले लालबन्दी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता लिइएकाले उम्मेदवारको सूचीबाट हटाउन आग्रह गर्दै पत्र पठाएका थिए ।

उम्मेदवारी फिर्ता लिने समय ५ बजेपछि पार्टी सभापतिले पत्र पठाएकाले त्यो कानुनीरुपमा अमान्य भएकाे र त्यसलाई मान्यता नदिन माग गर्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ बजेपछि प्रकाशित गरेको नामावलीमा कांग्रेसको मेयरका उम्मेदवारमा कांग्रेसका उम्मेदवार बासुदेव अधिकारीको नाम पनि छ । 

लालबन्दीका कांग्रेस नेता एवं निर्वाचन क्षेत्र १ प्रदेश 'ख' का सभापति सिताराम दाहालले ताेकिएकाे समयभन्दा ढिलाे भएकाले उम्मेदवार फिर्ताका लागि केन्द्रले पठाएको पत्र निष्क्रिय भएको बताए । 'फिर्ता लिने समयभन्दा ढिलो पत्र आएकाले त्यो कार्यान्वयन भएन,' उनले भने, 'कांग्रेसको उम्मेदवार कायम रहेको प्रमाण निर्वाचन अधिकृतकाे कार्यालयबाट लिइसकेका छौं । केही बेरमा विज्ञप्ति निकालेर यसबारे पर्न गएको भ्रम निवारण गर्छाै ।'


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.