add

शैक्षीक क्षेत्रमा काम गर्ने एमाले उम्मेदवारको प्रतिबद्धता






ActPro Nepal

|

१५ वैशाख, २०७९

|
971

हेटौंडा । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले हेटौंडाको शैक्षीक क्षेत्रको विकासको लागि उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार ‘विद्यार्थीसँग मेयर र उपमेयरका उम्मेदवार’ कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले आफूहरू निर्वाचित भएपछि हेटौंडामा प्राविधिक तर्फ उच्च शिक्षासहित विश्वविद्यालय निर्माण गर्ने काममा पहल गरिने बताएका हुन् । 

नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरको सहजीकरणमा भएको कार्यक्रममा मेयरका उम्मेदवार पौडेलले एमालेले हेटौंडा नगरको लागि तयार पारेको घोषणा पत्रमा समेत अभिभावक विहीन, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई सिफारिसका आधारमा मात्र नभई प्रत्यक्ष पारिवारिक अवस्था बुझेर मात्र सम्बन्धित क्याम्पसमा निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने उल्लेख गरिएको बताए । 

त्यसैगरी उपमेयरकी उम्मेदवार काफ्लेले विद्यार्थीहरूलाई विद्यालयमा अध्ययनका क्रममा आइपर्ने हरेक समस्यालाई समाधान गर्ने गरी उपमहानगरपालिका अगाडि बढ्ने बताइन् । 

कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका वर्तमान मेयर हरिबहादुर महतले आफ्नो कार्यकालमा कसैले विरोध गर्न नसक्ने गरी काम भएको दाबी गरे ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.