add

७३८ जनाले लिए हिमाल आरोहण अनुमति, साढे ३९ करोड रोयल्टी संकलन हुने






ActPro Nepal

|

५ वैशाख, २०७९

|
802

काठमाडौं । वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि ७३८ जना आरोहीले आरोहण अनुमति लिएका छन्।

पर्यटन विभागको तथ्यांक अनुसार यो सिजनमा २१ वटा हिमाल आरोहणका लागि ७३८ आरोहीले अनुमति लिँदा ३९ करोड ५१ लाख ७० हजार २३१ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ। सगरमाथा आरोहणका लागि ४८ देशका ३१ वटा टिमले अनुमति लिँदा ३१ करोड ६० लाख ९५ हजार ९ सय रोयल्टी उठेको हो ।

जसमा ५८३ जना पुरुष र १५५ जना महिला रहेका छन् । यस सिजनमा सबैभन्दा बढी सगरमाथा हिमाल आरोहणका लागि २६२ जना आरोहीले अनुमति लिएका छन् ।

त्यस्तै, ल्होत्सेका लागि ९४ जना, कन्चनजंघाका लागि ६७ जना, अमाडब्लमका लागि ६५ जना मकालुका लागि ३९ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।

यो सिजनमा हिमाल आरोहणको अनुमतिबाट सबैभन्दा धेरै रोयल्टी सगरमाथा हिमालबाट उठेको छ । सगरमाथा आरोहणका लागि ३२ वटा टिमले अनुमति लिँदा ३३ करोड २१ लाख १४ हजार १ सय रोयल्टी उठेको छ ।

त्यस्तै सबैभन्दा कम रोयल्टी उर्कमङ हिमाल आरोहणका लागि एउटा टिमले अनुमति लिँदा ६० हजार ६२५ रुपैयाँ रोयल्टी उठेको छ ।

त्यसैगरी, ल्होल्सेबाट १ करोड ९६ लाख ३१ रुपैयाँ, कन्चनजंघाबाट १ करोड २६ लाख ४५ हजार रुपैयाँ, मकालुबाट ८५ लाख ११ हजार, धौलागिरीबाट ५८ लाख ७९ हजार, अन्नपूर्णबाट ५६ लाख ९५ हजार रुपैयाँ रोयल्टी उठेको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.