add

भिजिट भिसामा दुबई हिँडेका १२ जनालाई अध्यागमनले एयरपोर्टबाटै फिर्ता पठायो






ActPro Nepal

|

२४ फागुन, २०७८

|
775

काठमाडौं । त्रिअबि अध्यागमन कार्यालयले भिजिट भिसामा दुबई हिँडेका १२ जनालाई फिर्ता पठाएको छ। आवश्यक कागजपत्र पेस गर्न नसकेको र शंकास्पद लागेका १२ जनालाई मंगलबार अध्यागमन कार्यालयले फिर्ता पठाएको हो।

अध्यागमन स्रोतका अनुसार नुवाकोटकी पूजा श्रेष्ठ, काठमाडौंकी आस्था मल्ल, झापाकी कुशुम खड्का, मोरङकी प्रकृति भट्टराई, स्याङ्जाकी इलिना थापा, रोल्पाका बलबहादुर बुढा, संखुवासभाका नुर्बु शेर्पा, काभ्रेपलाञ्चोकका अनिल तामाङ, पर्साका सन्तोष कुमार कलवार, बाजुराका चेतबहादुर थापा, सप्तरीका मसलिम मन्सारी र दाङका अर्जुन नेपाली रहेका छन्।

त्यस्तै कतार हिँडेकी धनबहादुर थापालाई पनि अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिएको बताइएको छ।

यसअघि कम्बोडिया हिँडेका १३ जनालाई अध्यागमन कार्यालयले रोकेको थियो। तीमध्येको केहीको भ्रमण उद्देश्य स्पष्ट नभएको र केहीले आवश्यक पक्रिया पूरा नगरेको बताइएको छ।

फिर्ता हुनेमा दिवस न्यौपाने, विनोद सिंह, हैदर अलि, सुरज कट्टेल, भारत तिमल्सिना, धर्मेन्द्र प्रसाद चौधरी, राजु महत क्षेत्री, महेन्द्र बम, निल कन्ठ पौडेल, कमल प्रसाद सिवाकोटी, धर्मराज सेढाइ, चन्दन साह र प्रेम प्रसाद अमगाईँ रहेको अध्यागमन कार्यालयले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.