add

लोकतन्त्र सिद्धान्तसँगै संस्कार हो : सभामुख






ActPro Nepal

|

७ फागुन, २०७८

|
1042

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन् ।

उनले भनेका छन्, ‘लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो । थप सजग र सचेत भएर लोकतन्त्रको संस्थागत अभ्यास सुनिश्चित गर्न सक्दा नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु ।’

राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ का अवसरमा शुभकामना दिँदै सभामुखले लोकतन्त्र सिद्धान्तसँगै हाम्रो चिन्तन, जीवन पद्धति, व्यवहार र पुस्तान्तरणको महत्वपूर्ण संस्कारसमेत भएको बताएका छन् । उनले यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहनु अनिवार्य हुने बताएका छन् ।

लोकतन्त्रको समीक्षा र यसको अभ्यासमा आधारित रहने उल्लेख गर्दै सभामुखले संविधानको मर्म र भावना अनुसार अघि बढ्न एवं लोकतन्त्रको उन्नत अभ्यासका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको संवद्र्धनका लागि विभिन्न समयमा भएका सङ्घर्षमा जीवन आहुति दिनुभएका सम्पूर्ण महान् सहिदप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे ।

लोकतन्त्र प्राप्तिका लागि भएका सबैखाले सङ्घर्षका क्रममा घाइते, अपाङ्ग भएका र तत्कालीन राज्यबाट बेपत्ता पारिएका सम्पूर्ण योद्धाको अमूल्य योगदानकोे स्मरण गर्दै उनीहरूप्रति सभामुखले उच्च सम्मान व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले सन्देशमा भनेका छन्, ‘हामी सात दशक यताका सबैखाले सङ्घर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको साँचो अर्थमा कार्यान्वयनको चरणमा छौँ । यस क्रममा हाम्रा सामु थुप्रै चुनौती देखापरेका छन् । चुनौतीको सामना गर्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार हो ।’ 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.