add

संसद् भवन प्रवेशमा उच्च कडाइ






ActPro Nepal

|

४ फागुन, २०७८

|
697

काठमाडौं ।  एमसीसीविरुद्ध सत्तासिन दलकै जनवर्गीय संगठन आन्दोलनमा उत्रिएपछि स्थानीय प्रशासनले नयाँबानेश्वरस्थित संसद भवन र त्यसआसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

सत्तासिन दलका जनवर्गीय संगठन, नेपाल बन्द आह्वान गरेका ६ दल र दुई मोर्चा तथा अन्य समूहले संसद भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले संसद भवन केन्द्रित सुरक्षा व्यवस्था अपनाएको हो । उपत्यकाका सडकमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले सुरक्षा व्यवस्था कडाइ पारिएको बताए । बन्द गराउँदै हिँडेकालाई नियन्त्रणमा लिइएको उनले उल्लेख गरे ।

संसद भवन क्षेत्रमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । संसद भवन प्रवेशमा पनि कडाइ गर्ने नीति लिइ‍एको एक प्रहरी अधिकारीले बताए । संसद भवन प्रवेश गर्नेलाई कडाइका साथ चेकजाँच गरिनेछ ।

सभामुख अग्नि सापकोटाले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । त्यसपछि दिउँसो १ बजे संसद बैठक बस्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.