add

आज सरस्वती पूजा






ActPro Nepal

|

२३ माघ, २०७८

|
933

काठमाडौं । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज आइतबार गरिँदै छ । 

कोरोना भाइरस संक्रमणको प्रकोप भएकाले यसवर्ष सरस्वती पूजा धुमधामका साथ भने नहुने भएको छ । खासगरी शैक्षिक संस्थामा विद्यार्थीहरूले सरस्वती पूजा धुमधामका साथ मनाउने चलन रहँदै आएको छ ।

विद्याकी आराध्य देवी भएकाले यस अवसरमा विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वतीको तस्बिर, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गर्ने गर्छन् । कोरोनाका कारण देशभर नै विद्यालयहरु बन्द रहेकाले यसवर्ष घरघरमै सरस्वतीको पूजा आराधना हुने भएको छ ।

यस अवसरमा काठमाडौंको लाजिम्पाटस्थित निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ गर्छ । तर यसवर्ष स्वस्थ्य मापदण्ड पालना गर्नु पर्ने अवस्था भएकाले भिडभाड हुँदैन । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.