add

स्थानीय तहकाे निर्वाचनकाे सम्बन्धमा सत्ता गठबन्धनकाे निर्णय स्वागतयाेग्य : हृदयेश त्रिपाठी






ActPro Nepal

|

१६ माघ, २०७८

|
1070

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह सिमांकनपछि मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् ।

आइतबार विज्ञप्ति निकालेर उनले स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिसअनुसार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको नामांकन र सिमांकन सकेर मात्र निर्वाचनमा जानुपर्ने बताएका हुन् । 

आगामी जेठमा निर्वाचन सम्पन्न गर्ने दलहरूको प्रतिबद्धता स्वागत योग्य रहेको बताउँदै त्रिपाठीले भनेका छन्, ‘स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भयो ।  प्रदेश १, लुम्बिनी प्रदेश र सुदूपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन । तसर्थ आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गरियोस् भनि जनता प्रगतिशील पार्टी नेपालको जोडदार मागं छ ।’

प्रेस विज्ञप्ति

सत्तापक्षीय गठबन्धनद्वारा स्थानीय तहको निर्वाचन आगामी जेठसम्म सम्पन्न गराउने प्रतिबद्वता स्वागतयोग्य छ । संवैधानिक र कानुनी अस्पष्टता अनगिन्ती संख्यामा रहेको तथ्य प्रति पुनः ध्यानाकर्षण गराउन चाहन्छु । किस्ता बन्दीमा तत्कालीन रुपले समस्या हल गर्ने प्रवृत्तिले समस्याको समाधान दिँदैन । अपितु पन्छ्याउने कार्य मात्र गर्दछ । यस प्रकारको शुतुरमुर्गे प्रवृत्ति कुनै समयमा घातक सावित हुन सक्नेप्रति सचेत गराउन चाहन्छु । स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भयो । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन । तसर्थ आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिस प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गरियोस् भनि जनता प्रगतिशील पार्टी नेपालको जोडदार मागं छ । अन्यथा निर्वाचन जस्तो कार्यमा बाधा समेत पुग्न सक्ने परिस्थिति सृजना हुन सक्ने तथ्य प्रति सचेत गराउन चाहन्छु ।

हृदयेश त्रिपाठी

अध्यक्ष जनता प्रगतिशील पार्टी, नेपाल



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.