add

नीति, सिद्धान्त अनुसार अघि बढ्न सहकारीहरुलाई मन्त्री श्रेष्ठको निर्देशन






ActPro Nepal

|

१३ माघ, २०७८

|
1152

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडि बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । 

आज मन्त्रालयमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्षमा नियुक्त भएका मित्रराज दवाडीलाई नियुक्ति पत्र प्रदान र प्रतिबद्धता जाहेर कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताएकी हुन् । खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुर्नजीवन पाएको भन्दै सहकारी क्षेत्रलाई सही दिशामा लैजान बोर्डले अहम् भुमिका खेल्नु पर्ने बताइन् ।  

सहकारी बोर्डको अध्यक्ष समेत रहेकी मन्त्री श्रेष्ठले नीतिगत रुपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै देशको सापेक्षता र मौलिक ढंगबाट अगाडि बढाउनु पर्नेमा जोड दिइन् । 

उनले संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्वे नीति अनुरुप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिंदै सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधै साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।  

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग अहिले चुनौति र अवसर दुवै रहेकाले संभावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्न महत्वपूर्ण भुमिका खेल्नु पर्नेमा समेत जोड दिइन् ।  

कार्यक्रममा मन्त्रालयमा सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रको सुधार आवश्यक रहेको औल्याउँदै सहकारी बोर्डको आवश्यकता र औचित्य अझै छ भन्ने कुराको पुष्टी गर्नु आवश्यक रहेको बताए । 

राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सहअध्यक्ष मित्रराज दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत रुपमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.