एसईई वैशाखमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा गर्ने तयारी गरेको छ।

एसईई हुन्छ की हुँदैन भन्ने दोहारमै रहेको बेला बोर्डले वैशाखको सुरुआतमै परीक्षा गर्ने तयारी गरेको हो ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न सुझाव दिएको थियो। बोर्डका अनुसार केही दिनभित्र परीक्षा तालिका सार्वजनिक हुनेछ। वैशाखमा परीक्षा गर्दा पनि कक्षा ११ का नयाँ शैक्षिक सत्रमा कुनै असर नपर्ने गरी परीक्षाफल प्रकाशित गरिने जनाइएको छ ।

विगतमा चैतमा एसईई परीक्षा हुने गरेको थियो। कोरोना भाइरसको महामारीका कारण गत दुई वर्ष परीक्षा हुन सकेको थिएन। आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।