काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक सबै कार्यक्रम बन्द गरिएको छ।
पशुपति क्षेत्र विकास कोषसले सूचना प्रकाशित गरी पशुपतिनाथ, गुहेश्वर लगायत पशुपति क्षेत्रका मन्दिरमा परम्परागत नित्य पूजा बाहेक सम्पूर्ण कामकाज बन्द गरिएको जनाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी पूजापाठका कार्यक्रम रोकिएको जनाएको छ।
यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले पनि छुट्टा छुट्टै आदेश जारी गरी माघ मसान्तसम्म मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना बाहेकका क्रियाकलापमा रोक लगाएको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।