add

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी






ActPro Nepal

|

४ माघ, २०७८

|
952

काठमाडौं।   सत्तारूढ गठबन्धन दलहरूको बैठक मंगलबार बिहान देखि प्रधानमन्त्री निवास बालुवाटारमा  जारी छ। 

सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ। साथै कोरोना नियन्त्रण लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव  सदस्य छन् । 

साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन्। आजको बैठकमा अध्यक्ष नेपाल कोरोनाका कारण उपस्थित भएका छैनन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.