add

श्रममन्त्री श्रेष्ठले सार्वजनिक गरे सय दिनका उपलब्धिहरु (सूचीसहित)






ActPro Nepal

|

३ माघ, २०७८

|
594

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो नेतृत्वमा सय दिनको अवधिमा भएका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका दिन विभिन्न ३५ बुँदामा आफूले गरेका कामहरू सार्वजनिक गरेका हुन् ।

उनले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि वैदेशिक रोजगारीमा व्याप्त बेथिति हट्ने आशा जागेको पनि दाबी गरेका छन्।

यस अवधिमा श्रम क्षेत्रका समस्याको समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको उनले बताएका छन्।

वैदेशिक रोजगारीका मात्रै समस्या हेर्ने गरी छुट्टै प्रहरी एकाइ गठन गर्ने तयारी भइरहेको मन्त्रीले जानकारी गराएका छन्।

यस्तै कोरोनाका कारण रोकिएको दक्षिण कोरियाको रोजगारी सुचारु भएको छ। इजरायलमा पनि यसै साताबाट श्रमिक जान थाल्नेछन्।

गत असार २९ गते शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन भएको थियो । श्रेष्ठले गत असोज २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

यी हुन् ३५ बुँदामा सार्वजनिक गरेका उपलब्धिहरु




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.