काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट पार्टीसँग आफ्नो पार्टी एकताको पक्षमा नरहेको स्पष्ट पारे। उनले भने, 'हामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताको कुरा गरेका छैनौँ, उहाँहरु दुवै जनासँग पार्टी एकता हुन सक्दैन।'
मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि आफ्नो पार्टीको एकता हुन नसक्ने वैद्यको भनाइ थियो। सिमाना र राष्ट्रियताको समस्या जटिल बन्दै गएको अवस्थामा सरकार चुप लागेर बसेको उgको आरोप थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।