add

स्थानीय तहमा प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको छ : ओली






ActPro Nepal

|

२६ पुष, २०७८

|
643

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार लुटपाटमा लागेको बताएका छन् ।

संखुवासभाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार स्थानीय निर्वाचन गराउने पक्षमा नरहेको दावी गरेका छन् । 

‘ऐन अनुसार दुई महिनाअघि नै निर्वाचन गरिसक्नुपर्छ । तर, फागुनमा स्थानीय तहको निर्वाचन हुने कुनै सम्भावना छैन । यो सरकार चुनावभन्दा पनि लुटपाटमा लागेको छ’, ओलीले भने । 

यस्तै नेता ओलीले गठबन्धनको सरकारले पुनः स्थानीय तहलाई कर्मचारीको हातमा पु¥याउन खोजेको आरोप लगाएका छन् ।

‘यो सरकार कर्मचारीमार्फत स्थानीय सरकार चलाउन खोज्दैछ । जनप्रतिनिधिविहीन बनाउने दाउमा छ । एमालेले कदापि त्यस्तो हुन दिनेछैन’, उनले भने । 

उनले एमालेबाहेक अन्य कम्युनिष्ट दलहरू वामपन्थीको खोल ओडेर दक्षिणपन्थीको सेवामा समर्पित भइसकेको बताए । कम्युनिष्टको खोल ओडेर प्रतिक्रियावादी काम गरेकाले त्यस्ता पार्टीप्रति भरोसा नगर्न पनि अनुरोध गरेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.