add

राष्ट्र बैंकको निर्देशन : ‘एटीएमको ढोका खुला राख्नु, गोष्टी सेमिनार भर्चुअल’






ActPro Nepal

|

२६ पुष, २०७८

|
396

काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्ण सजगताका साथ कारोबार सुचारु गर्न निर्देशन दिएको छ।

कोभिडको तेस्रो लहरको जोखिम बढेर स्मार्ट लकडाउन शुरु भएसँगै नेपाल राष्ट्र बैंकले पनि सुरक्षित बैंकिङ सेवाको लागि बैंक तथा वित्तीय संस्थालाई ४ बुँदे निर्देशन दिएको हो ।

सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न, एटीएम बुथबाट हुनसक्ने जोखिम न्यूनिकरण गर्न ढोका खुला राख्ने र स्यानिटाइजरको व्यवस्था गर्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्क रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले दिएको ४ बुँदे निर्देशन :

१. नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने ।

२. सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने ।

३. बैंक तथा वित्तीय संस्थाद्वारा संचालित एटीएम बुथ हरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर लगायतका समाग्रीको व्यवस्था गर्ने ।

४. बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी निश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्ययमबाट गर्ने व्यवस्था मिलाउने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.