add

कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन






ActPro Nepal

|

२३ पुष, २०७८

|
891

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको संक्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । 

नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकमा प्रधानमन्त्री देउवाले राज्यका सम्पूर्ण निकायलाई संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्। 

छलफलमा प्रधानमन्त्री देउवाले संक्रमण दर बढ्न नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन पनि निर्देशन दिए। 

स्वास्थ्य मन्त्री बिरोध खतिवडाका अनुसार कोभिडविरुद्धको खोप लगाउने कामलाई थप तिब्रता दिन प्रधानमन्त्रीले निर्देशन दिए। 

नागरिकको जीवनरक्षा बचाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री देउवाले पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए। 

मन्त्री खतिवडाका अनुसार बैठकमा स्मार्ट लकडाउनबारे समेत छलफल भएको थियो। तर अवस्था हेरेर पछि निर्णय लिनेबारे छलफल भएको थियो। 

बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रिफिङ गरेका थिए। 

आजको बैठकमा कोभिडको बढ्दो दर र विश्वमा कहाँ-कहाँ ओमिक्रोन कसरी वृद्धि भइरहेको छ भन्ने लगायतका विषयमा छलफल भएको थियो। नेपालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट शुक्रबार एकैदिन ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.