add

मन्त्री र सरकारका सचिबहरुलाई प्रधानमन्त्री देउवाले दिए नौं बुँदे निर्देशन






ActPro Nepal

|

२१ पुष, २०७८

|
660

काठमाडौँ । बिहीबार (आज) सिंहदरबारस्थित प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिवहरूसँग प्रधान मन्त्री शेरबहादुर देउवाले छलफल गरेका छन् । छलफलका क्रममा प्रधान मन्त्री देउवाले सरकारको गति कसरी बढाउन सकिन्छ भनेर सचिवहरूसँग सोधेको थिए ।

सचिवहरूले आ-आफ्ना भनाइ र विचार राखिसकेपछि देउवाले बुँदागत रूपमा ‘सरकारको गति यसरी बढाउन सकिन्छ’ निर्देशन दिएका थिए । सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धनबारे सबै मन्त्री, सचिवहरूसहित उच्च पदस्थ कर्मचारीहरूलाई प्रधान मन्त्री देउवाले निर्देशन दिएका हुन् ।

प्रधान मन्त्री देउवाले देशमा लगानी आवश्यक रहेकाे र त्यसका लागि सम्बन्धित व्यक्तिहरू जुट्नुपर्नेदेखि कर्मचारीको क्षमता वृद्धि गर्नुपर्नेसम्मका निर्देशन दिएका छन् ।

यस्ता छन् निर्देशन 

१. जनतालाई दिने सबै सेवा छिटो र छरितो गर्नेगरी सबै तहका कार्यालयहरुलाई चुस्त बनाउने। 

२. अत्यावश्यक सेवाहरु जनताको घर दैलोमा पुयाउने सरकारको दायित्व भएकाले त्यही अनुसार काम गर्ने।  

३. विकास निर्माणका परियोजनाहरुको गति बढाउन आवश्यक झन्झट हटाउने र कानुनी समस्या भए त्यसमा पनि सुधार गर्ने। 

४. कोभिडको जोखिम कायमै रहेकाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने प्रबन्ध प्रभावकारी रुपमा अघि बढाउने। 

५. कर्मचारीको क्षमता वृद्धि गरेर विकास आयोजना कार्यन्वयन पक्षलाई चुस्त बनाउने। 

६. राष्ट्रिय गौरवका आयोजनाको गति सन्तोषजनक नभएकाले प्रभावकारी रुपमा काम गर्नेगरी अनुगमन र मूल्याङ्कन संयन्त्र बनाउने। 

७. सम्भावित लगानीका क्षेत्रहरु पहिचान गरी निर्यातलाई बढाउनेगरी परियोजनाहरु अघि बढाउने। 

८. स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीमा प्रत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम अघि बढाउने । 

९. जलविद्युत, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउनेगरी नीति तथा कार्यक्रम ल्याउने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.