add

लिङ्देनले एकपक्षीय ढंगले केन्द्रीय सदस्य मनोनित गरेको थापाको आरोप






ActPro Nepal

|

२१ पुष, २०७८

|
675

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता  कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा एकपक्षीय ढंगले मनोयन गरेको आरोप लगाएका छन् ।

उनले पुर्वाग्रहीरुपमा मनोनयन गरिएको भन्दै आज सामाजिक सञ्जालमार्फत भत्र्सना गरेका छन् ।

‘राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पुर्वाग्रहीरुपमा गरिएको मनोनयनको भत्सर्ना गर्दछु’, उनले ‘३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्थाको ठाडो उल्लंघन भएको छ ।’

मनोनित गर्दा मधेसी, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको थापाको आरोप छ ।

‘जनाधार भएका वरिष्ठ नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिनु दुर्भाग्यपूर्ण छ’, उनले फेसबुकमा लेखेका छन् ।

अध्यक्ष लिङ्देनले मंगलबार मात्र ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । 

उनले महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका नेताहरूलाई मनोनयन गरेका हुन् । 

जसमा पूर्वपञ्च नवराज सुवेदीसहित पूर्वमन्त्री दीपक बोहोरासम्म रहेका छन् । मनोनयन हुनेमा पूर्व ध्यक्ष रवीन्द्रनाथ शर्माकी पत्नी सरोजा शर्मासमेत छिन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.