add

कांग्रेस सहमहामन्त्री यादव भन्छन्- देउवाकै नेतृत्वमा चुनाव हुन्छ, एमालेले एक सिट पनि जित्दैन






ActPro Nepal

|

२१ पुष, २०७८

|
1010

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले वर्तमान सरकारले नै आगामी निर्वाचन गराउने बताएका छन् ।

काठमाडौंमा बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकै सरकारले आगामी निर्वाचन गराउने बताएका हुन् ।

आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन रहने बताउँदै उनले चुनावमा एमालेलाई एक सिट पनि जित्न नदिने दाबी गरे ।

‘अब हुने निर्वाचन देउवाकै नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं । हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौँ,’ उनले भने ।

साथै देउवाले पार्टीभित्र पनि सबैलाई मिलाएर अघि बढ्ने उनको यादवको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.