add

राष्ट्रियसभा सदस्य निर्वाचन : १९ पदका लागि ४३ उम्मेदवार मैदानमा(सूचीसहित)






ActPro Nepal

|

२० पुष, २०७८

|
824

काठमाडौं । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको लागि ४३ जनाले उम्मदेवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार उत्साहजनक रुपमा उम्मेदवारले मनोनयपत्र दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । सात प्रदेशमा विभिन्न दलबाट ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको आयोगको भनाई छ । 

निर्वाचन कार्यक्रम अनुसार पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको आयोगको भनाइ छ।

पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । त्यसपछि १९ रिक्त पदका लागि माघ १२ मा चुनाव हुनेछ । 

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

सत्तारूढ गठबन्धनले प्रतिपक्षी एमालेविरुद्ध मिलेर उम्मेदवारी दिएका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.