add

अंग्रेजी नयाँ वर्ष घुमघाम, यी हुन् काठमाडौं उपत्यका नजिकैका आकर्षक गन्तब्य






ActPro Nepal

|

१६ पुष, २०७८

|
1020

काठमाडौं । सन् २०२१ को विदाईसँगै सन् २०२२ को स्वागतको लागि संसारमा यतिबेला कोरोना त्रासकैबीच पनि उल्लासमा देखिएको छ ।

नयाँवर्षको स्वागतको लागि आतासबाजीसँगै संगीतमा रम्दै मिठामिठा परिकार खादै शुभकामनाकासहित खुशी साटासाटमा मग्न हुने गरेका छन् ।

मूलतः विदेशीका लागि महत्व राख्ने यो नयाँ बर्षको उमंगले नेपाल र नेपालीलाई समेत अछुतो राखेको छैन ।

अंग्रेजी नयाँवर्षमा घुम्नको लागि टाढा जान असम्भव भए काठमाडौं नजिकैका गन्तव्यहरु पनि छनोटमा पार्न सकिन्छ । आकारमा सानो र आर्थिक हिसाबले गरीब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ ।

त्यसैले यहाँ घुम्नका लागि उपयुक्त धेरै गन्तव्यहरु छन् । यी हुन् राजधानीमा रमाईलो गर्ने ठाँउहरु । यीनै गन्तव्यहरु मध्ये केही गन्तव्यका बारेमा जानकारी लिनुहोस् ।

चन्द्रागिरि

शहरबाट नजिक सुविधा सम्पन्न गन्तब्य हो, चन्द्रागिरि । कम्तिमा एक दिनको घुमघामलाई अविष्मरणीय बनाउन यो गन्तब्य उपयुक्त हुन सक्छ ।

समुन्द्री सतहबाट २५५१ मिटर अग्लो यो चुचुरो पुग्दा काठमाडौं उपत्यकाको धुलो धुवा र प्रदुषणबाट मुक्ति मिल्छ । यहाँसम्म पुग्न चन्द्रागिरि हिल्स प्रालिले केवलकार संचालनमा ल्याएको छ । थानकोटबाट हिड्दै पनि यो डाँडासम्म पुग्न सकिन्छ ।

ककनी

डेटिङ स्पटको रुपमा चिनिने चर्चित ठाँउ हो नुवाकोट जिल्लामा पर्ने ककनी जसलाई काठमाडौं नजिकैको पर्यटकीय स्थलको रुपमा लिईन्छ ।

ट्राउट माछाको स्वादसँगै मायाँको स्वादमा लिन चाहनेका लागि यो ठाउँ उत्तम हुन सक्छ । ककनी स्टेबरी र ट्राउन माछाले प्रख्यात मानिन्छ ।

काठमाडौंको माछापोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ । एकै दिनमा फर्केर अउन सकिने यहाँ स–साना उद्यान तथा हरियाली डाँडाहरु छन् ।

बासका लागी पनि सुविधायुक्त होटहरु छन् । हरियाली वातावरण भएको ककनी धेरैको रोजाइमा पर्न सक्ने ‘पर्यटकीय हब’ हो ।

बालाजुपार्क– बालाजु

बाईपासमा रहेको बालाजुपार्क सांस्कृतिक धार्मिक महत्वको क्षेत्र हो। यद्यपी यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ।

बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो। सिरियस सम्बन्धमा भएका व्यक्तिहरुका लागि यहाँको वातावरणले आकर्षण गर्छ।

त्यसो त यहाँको आध्यात्मिक वातावरणले सम्बन्ध र भावनालाई गम्भिर पनि बनाउँछ। यहाँको पार्क क्षेत्रको शान्त वातावरण गम्भिर कुराकानीका लागि उपयुक्त स्थल पनि हो।

टौदह

काठमाडौंबाट टौदहमा पुगेर रमाउन धेरै समय छुट्टाउनु पर्दैन । काठमाडौंबाट नजिकै रहेको यो स्थानअत्यन्तै रमणीय छ । धेरै प्रेम जोडीहरु र कलेजका विद्यार्थीहरुको रोजाइमा पर्ने टौदह कीर्तिपुर नगरपालिकामा पर्छ ।

काठमाडौंको पुरानो बसपार्कबाट दक्षिककालीको बस चढेर टौदह पुग्न सकिन्छ । पुरानो बसपार्कबाट सात किलोमिटर मात्र यात्रा गरेपछि पुग्न सकिने टौदह काठमाडौं उपत्यका भित्रको सबैभन्दा ठूलो ताल मानिन्छ ।

पर्यटनका लागि उपयुक्त स्थानका रुपमा टौदहलाई मानिन्छ । यस तालमा नजिकै रहेको चम्पागिरी पहाडको छाया देख्न पाइन्छ ।

सदर चिडियाखाना

जनावर तथा पंक्षीको अवलोकन र परिवारिक घुमघामको लागि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना रोज्नेहरुको संख्या पनि धेरै छ ।

शितल र रमणीय स्थल भएकाले धेरै परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । यहाँ रहेको पोखरी किनार र सँगै रहेका खलकुद स्थानहरुमा भुलिने गर्छन ।

धुलिखेल

धुलिखेल अर्को गन्तब्य हो जहाँ धेरै प्रेमिल जोडीहरु रोमान्समा व्यस्त हुन्छन । यो ठाउँ पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ एसेसिबल छ। दशैमा यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ ।

सेतो गुम्बा

काठमाडौंको रामकोट-८ डाँडा गाउँमा रहेको सेतो गुम्बा शान्त वातावरण भएको वाइट गुम्बा जोडीहरुका लागि मन भूल्याउने उपयुक्त स्थान हो । डुक अमिताभा माउण्टेन नामाकरण गरिएको वाइट अर्थात सेतो गुम्बा धेरै प्रेमजोडीहरुले रोज्ने गर्छन ।

यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । स्वयम्भु वा सितापाइलाबाट डेढ घण्टा हिंडेर गुम्बामा पुग्न सकिन्छ । रमणीय बगैंचा र हरियाली डाँडाहरुमा रमाउन खुबै मजा आउँछ ।

नगरकोट

काठमाडौंबाट करिव ३५ किमीको दुरीमा रहेको यो ठाउँ प्राकृतिक रुपले समेत सुन्दर छ त्यसैले पनि धेरेको रोजाईमा पर्ने गरेको छ नगरकोट । राजधानीको भीडलाई छलेर अनगिन्ती जोडी बाइकमा बत्तिँदै नगरकोट पुग्छन् ।

त्यहाँको प्राकृतिक सौन्दर्यले प्रेममय मनलाई छताछुल्ल बनाइदिन्छ । मनोरम हिम श्रृंखलाले तपाइलाई थप प्रेमभास दिलाउछ ।

सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन्। आसपासका दृश्य हेर्न त्यहाँ भ्यू टावर बनाइएको छ। नगरकोटमा स्तरीय रिसोर्टको कमी छैन भने जलपादेवी, कालीदेवी, महादेव कुण्डजस्ता देवस्थल पनि छन् ।

चोभार

यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकन गर्न सकिन्छ ।

जोडीलाई लुकिछिपी माया साटासाट गर्न यहाँ प्रशस्त स्थानहरु छ । चलचित्र तथा म्युजिक भिडियोका छायांकनका लागि प्रख्याती कमाएको यो स्थान सुनसान र एकान्त छ ।

भोटेचौर

‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमापरिवारिक घुमघामको लागि राम्रो मानिन्छ ।

चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरु पनि छन् । साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ । साँखुबाट पाँच घण्टा हाइकिङ गर्दै जाँदा भ्यालेन्टनाइ अविस्मरणीय हुन्छ ।

ललितपुरको बज्रवाराही

यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ ।

उपत्यकाका चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै महत्व छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाइन्छ ।

प्राकृतिक रूपले सुन्दर हुनुका साथै ऐतिहासिक स्थलका रूपमा पनि यो मन्दिरको विशेष महत्त्व छ ।

दामन\चित्लाङ

मकवानपुर जिल्लामा पर्ने यी दुई गन्तब्य गर्मी मौसममा गर्मी छल्दै चिसोको आनन्द लिने आकर्षक गन्तब्य हुन् । २३२२ मिटर अग्लो दामनमा बैशाख, जेठमा पनि बिना ज्याकेट बस्न सकिन्न ।

खासगरी काठमाडौं, हेटौडा र प्रदेश नम्बर दुईका तराईका जिल्लाबाट पनि नजिकको शितल गन्तब्य हो । यी शहरबाट कम्तिमा दुई रात तीन दिनको प्याकेजमा आउने हो भने दामन र चित्लाङको मज्जा उठाउन सकिन्छ । चित्लाङ आकर्षक गाउँ हो । यहाँ होमस्टेको पनि व्यवस्था छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.