add

काठमाडौंको भिजिबिलिटी १०० मिटरमा झर्‍यो, त्रिभुवन विमानस्थलमा उडान ठप्प






ActPro Nepal

|

१६ पुष, २०७८

|
454

काठमाडौं । काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेको छ ।

भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भएपनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् ।

त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेको हो । कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेको टर्मिन कार्यालयले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.