add

मौसम पूर्वानुमान : देशभर हुस्सु र कुहिराे, चिसो उस्तै






ActPro Nepal

|

१६ पुष, २०७८

|
520

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार(आज) दिनभर मौसम बदली हुने बताएको छ । 

हाल देशभर आंशिक बदली रहेको छ भने धेरै स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ। आजदिनभर नै मौसम बदली रहने  छ।  महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियससम्म पुग्ने बताएको छ । 

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

यस्ताे छ आगामी तीन दिनको मौसम 

शुक्रबार

दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ।

शुक्रबार :

राति : प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य  बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दूई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 शनिबार : 

दिउँसो देशभर आंशिक बदली रहनेछ।  गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।शनिबार राति देशभर आंशिक बदलीको संभावना रहेको छ।

त्यसैगरी पुस १८ गते आइतबार(पर्सी)  दिनभर र राति देशभर आंशिक बदलीको संभावना रहेको छ।

आज गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.