add

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायके नेपाल आइपुगे






ActPro Nepal

|

१३ पुष, २०७८

|
949

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन्।

यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज मंगलबार नेपाल आइपुगेका हुन्। विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रूपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुनः नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन्।

मंगलबार विमानस्थल ओर्लेपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरे। साथै नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताए। पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै प्रशिक्षक दासानायकेले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने जिम्मेवार थपिएको बताए।

दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन्। उनकै प्रशिक्षणमा नेपालले पहिलोपटक सन् २०१४ मा आइसिसी ट्वान्टी–२०  विश्वकप खेलेको थियो। सोही हिसाबाले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ। पूर्व मुख्य प्रशिक्षक डेव वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहिन रहेको थियो। त्यसपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.