काठमाडौं। अध्यागमन विभागले ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वारेन्टिन बस्नु पर्ने नियम स्थगित गरेको छ ।
कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम शुक्रबार सार्वजनिक गरेको थियो ।
चर्को विवादकाबीच शनिबार अर्को सूचना जारी गरि अर्को सूचना जारी नभएसम्मका लागि यो नियम स्थगित भएको जनाएको छ ।
यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरि यसअघिका नियम भने यथावत राखेको विभागले जनाएको छ । ‘
सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचना भने यथावत रहेको समेत सूचनामा उल्लेख छ ।
१३ मंसिरको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको थियो । त्यसै अनुरुप नेपालले ६७ देशवाट नेपाल आउनेलाई सात दिन क्वारेन्टिन अनिवार्य गरेको थियो ।
होटल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने विभागले जनाएको थियो ।
विभागका अनुसार ७ दिन होटल क्वारेन्टिन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वारेन्टिन बस्नुपर्ने जनाएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।