काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरेका छन् ।
राष्ट्रपति कार्यालयबाट संसदको १०औं अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरिरहेका छन् ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।
मंगलबारबाट सुरु भएको १०औं महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरेका हुन् ।
संसद् बाहिर भने अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् । एमसीसी संसदबाट पारित नगर्न भन्दै माओवादी केन्द्र निकट कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।