काठमाडौं । नेपाली काँग्रेस रसुवाका सांसद ईञ्जिनीयर मोहन आचार्यले पार्टीको जारी १४ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
देउवा प्यानलबाट उम्मेदवारी दिएका सांसद आचार्यले आम नेपालीको जीवनस्तर उकास्नका साथै स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
काँग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित बिशेष समितिको सदस्यसमेत रहेका आचार्य रसुवामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गरेका थिए ।
विस २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा हिमाली जिल्ला बाट पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेस बाट १ मात्र विजेता सांसद आचार्यको पहलमा रसुवामा विगत चार वर्षमा विभिन्न खालका विकास निर्माणले तीव्रता पाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।