add

कांग्रेस महाधिवेशन उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित






ActPro Nepal

|

२६ मंसिर, २०७८

|
1056

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार हुने मतदानका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

महाधिवेशनमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

पदाधिकारीसहित खुला तथा विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूलाई आफ्नो नाम फिर्ता लिन साढे १२ बजेसम्मको समय दिइएपनि निर्वाचन समितिले आधा घण्टा बढाएर १ बजेसम्म तोकेको थियो । शनिबार राति सार्वजनिक गरिएको उम्मेदवारहरूको प्रारम्भिक नामावालीमा केन्द्रीय कार्यसमितिका १३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको थियो ।

कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ । एक जना सभापतिका लागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको थियो । खुला र विभिन्न क्लस्टरबाट १ सय २१ सदस्यका लागि ५ सय ९ जनाले उम्मेदवारी दिएका थिए । त्यसमा सबैभन्दा बढी खुलातर्फ ३५ सदस्यका लागि १ सय ९ जनाको उम्मेदवारी परेको थियो ।

आइतबार सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने तथा सहमहामन्त्रीबाट सुरेन्द्रप्रसाद चौधरीले आफ्नो मनोनयन फिर्ता लिएका छन् । यस्तै केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवाको प्यानलबाट दलित क्लस्टरबाट मीन विश्वकर्माले पनि उम्मेद्वारी फिर्ता लिएका छन् ।

महिला ९ सदस्यका लागि ३१, दलित ९ सदस्यका लागि ३९, आदिवासी-जनजाति १५ सदस्यका लागि ८७, खस-आर्य १३ सदस्यका लागि ९३, मधेसी ९ सदस्यका लागि ३२, थारू ४ सदस्यका लागि १४, मुस्लिम ३ सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।

प्रदेश १ बाट १३ जना, प्रदेश २ बाट ५ जना, वाग्मतीबाट ९ जना, गण्डकीबाट ७ जना, लुम्बिनीबाट ११ जना, कर्णालीबाट ७ जना र सुदूरपश्चिमबाट १२ जनाले उम्मेदवारी दिएका थिए ।

यस्तो छ सूची :



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.