add

पहिलो चरणमै जित्छु : डा. शेखर कोइराला






ActPro Nepal

|

२६ मंसिर, २०७८

|
722

काठमाडौं । नेपाली कांग्रेसका १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन् ।

महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने बताएका हुन् ।

उनले बिपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाले सपना देखेअनुसारको पार्टी गर्न आफ्नो टिम सक्षम रहेको दाबी गरे ।

कांग्रेसमा आवश्यक रूपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरूको जित सुनिश्चित रहेको बताएका हुन् । उनले ऊर्जा र अनुभवसहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.