add

१०० दिनमा १०१ काम गर्ने घोषणा गरेका काठमाडौंका मेयरले गरे साढे ४ वर्षमा ५४ काम






ActPro Nepal

|

२६ मंसिर, २०७८

|
904

काठमाडौं  । काठामडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो साढे चार बर्षको उपलब्धि सार्वजनिक गरेका छन् ।

आइतबार एक कार्यक्रमकोबीच शाक्यले आफूले महानगरको प्रमुख भएर अहिलेसम्म गरेका कामको उपलब्धिहरु सार्वजनिक गरेका हुन् ।

देशको अर्थतन्त्रसँगै कोभिड महामारीबाट थप आक्रान्त अवस्थालाई सामना गर्दै अघि बढेको महानगरले सुनाउन लायक धेरै कामहरु भएको बताएका छन् ।

उनले प्रमुखताको रुपमा काठमाडौंका भित्री शहरमा समेत खाल्डाखुल्डीरहित बनाएको दाबी गरे ।

उनले यो अवधिमा १९६.१ किलोमिटर सडक कालोपत्रे, १४.६८ किलोमिटर सडक ढलान,१०.७९ ब्लक छाप्ने,४.८९ किमी ढुङगा छाप्ने,२२६.४ किमी सडक मर्मत,१८.३४ किलोमिटर ढल निर्माण गरिएको उल्लेख गरेका छन्।

शाक्यले चुनावी घोषणापत्रमा १०० दिनमा १०१ काम गर्ने घोषणा गरेका थिए । जसमा साढे ४ वर्षमा जम्मा ५४ वटा काम गरेका छन् ।

पूर्वाधार तथा सम्पदा क्षेत्र

१. १९६.१ किलोमिटर सडक कालोपत्रे, १४.६८ किलोमिटर सडक ढलान, १०.७९ किलोमिटर सडकमा ब्लक छाप्ने, ४.८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने, २२६.४ किलोमिटर सडक मर्मत, १८.३४ किलोमिटर ढल निर्माण गरिएको ।

२. वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको ।

३. वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी १० वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेको ।

४. वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरुको स्तरोन्नति गरिएको ।

५. महानगरपालिकाको सहकार्य र समन्वयमा काष्ठमण्डप, रानीपोखरी, कमल पोखरी र धरहराजस्ता ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भएको छ ।

६. वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ भने वडा नं. ३ महाराजगञ्ज बासबारीमामहानगर वारुणयन्त्र भवन निर्माणधिन अवस्थामा रहेको ।

७. महानगर भित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ ।

८. महानगरभित्र करिब १७ वटा नयाँ पार्क निर्माण गरिएको छ भने ५३ वटा निर्माण सम्पन्न हुने चरणमा छन् ।

९ भगिनी सम्बन्ध भएका उपत्यकाबाहिरका रामग्राम नगरपालिका (नवलपरासी), मेलम्ची नगरपालिका (सिन्धुपाल्चोक), चन्दननाथ नगरपालिका (जुम्ला), अमरगढी नगरपालिका (डडेलधुरा) र पाख्रीबास नगरपालिका (धनकुटा) लाई सम्पदा तथा पर्यटन प्रवद्र्धनका लागि १ करोड ५० लाख रुपैयाँ साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराइएको छ ।

१०. नेपालभाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपालभाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको छ भने काठमाडौंको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूकोपुस्तक प्रकाशनमा ल्याइएको छ ।

११. काठमाडौंका मौलिक एवम् परम्परागत बाजागाजा संरक्षणका लागि गुठीहरुलाई सहयोग गरिएको छ ।

१२. वहालवाला जीवित देवी कुमारी, गणेश र भैरवलगायत पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरवलाई प्रदान गरिने मासिक भत्ता वृद्धि गरिएको छ भने स्थानीय कुमारीहरुलाई मासिक भत्ता तथा मठ मन्दिरको नित्य पुजाबापत पुजारीहरुलाई मासिक पारिश्रमिकको व्यवस्था गरिएको छ ।

१३. उपत्यकामा मनाइने इन्द्रजात्रा,अजिमा जात्रा, जनबहाःद्यः जात्रा, गुहेश्वरी जात्रा, पचली भैरव जात्रा पर्वहरू सञ्चालनका लागि आर्थिक अनुदानको व्यवस्था गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.