काठमाडौं । सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट पनि आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ ।
बुधवार विहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सोही कारण यसपटक कम्पनीका शेयरधनीको हात खाली हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट पनि शेयरधनीलाई लाभांश वितरण गरेको थिएन ।
बैठकले आगामी वार्षिक साधारणसभामा बोनस र नगद लाभांश मात्रै होइन हकप्रद शेयरको पनि कुनै प्रस्ताव गरेको छैन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।