add

नेपाल पुनर्बीमालाई प्रस्तावित लाभांश पारितका लागि बाटो खुल्यो,अर्थ मन्त्रालयले दियो स्वीकृति






ActPro Nepal

|

२३ मंसिर, २०७८

|
624

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई दिने भनिएको लाभांश स्वीकृत भएको छ ।

वार्षिक साधारण सभा मार्फत पारित गर्न प्रस्तावित लाभांशमा असोज २० गते बिमा समितिबाट स्वीकृत गराई अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको थियो ।

उक्त प्रस्ताव नेपाल सरकार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट मंसिर २० गते स्वीकृती प्राप्त भएकाले कम्पनीलाई आगामी वार्षिक साधारण सभामार्फत पारित गराउने बाटो खुला भएको हो ।

कम्पनीले आर्थिक वर्ष ०७६/७७ को प्रिमियम वाहेक वितरणयोग्य मुनाफाबाट १६ दशमलव ५० प्रतिशत र नगद लाभांश २ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले बीमा समितिको निर्देशन बमोजिम लाभांश प्रस्ताव पारितमार्जन गरेको थियो ।

परिमार्जन पछि कम्पनीको लाभांशमा नगद लाभांश मात्र १ प्रतिशत कम भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू.१० अर्ब रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.